CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 50

पोखरा, १ फागुन । म्याग्दे गाउँपालिकाले यस वर्ष पनि कृषकलाई हल गोरु पाल्न अनुदान दिने घोषणा गरेको छ। गत आर्थिक वर्ष जस्तै यस वर्ष पनि १० लाख रुपैयाँ विनियोजन गर्दै हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। गोरु पाल्ने क्रम घट्दै जाँदा बाँझो जग्गा बढ्दै गएको भन्दै कृषकलाई प्रोत्साहन गर्न यो नीति लिइएको अधिकारीको भनाइ छ।

अनुदानको रकम प्रति हल गोरु ४ हजार रुपैयाँसम्म हुने छ। अनुदानका लागि कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैं खेत जोत्ने प्रतिबद्धता पत्र र अन्य आवश्यक कागजातसहित आवेदन दिनुपर्ने प्रावधान छ। यसैबीच, भिमाद नगरपालिकाले पनि कृषि क्षेत्रको प्रोत्साहनका लागि विभिन्न शीर्षकमा अनुदान वितरण गर्ने तयारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले सबै कार्यक्रमहरूमा ५० प्रतिशतका दरले अनुदान दिइने जानकारी दिएका छन्।

कृषकलाई विभिन्न कृषि सामग्री वितरण गर्नका लागि अनुदानको व्यवस्था गरिएको छ। टनेल खरिद र निर्माणका लागि एक लाख रुपैयाँदेखि तीन लाख ५० हजार रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0