पोखरा, १ फागुन । संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायक स्तरका कर्मचारीहरूलाई लक्षित गरी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सञ्चालन गरिएको कार्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ३० दिने सेवाकालीन तालिम सम्पन्न भएको छ। उक्त तालिममा सहभागी ६० जनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले आज दीक्षित गरेका छन्।

May be an image of 6 people, people studying and text that says 'SEEEND ANY समापनमारोह समापन समाराह ករជ"'

तालिम समापन समारोहमा मुख्यमन्त्री पाण्डेले सेवाग्राहीलाई सरल र प्रभावकारी सेवा प्रदान गर्न अनुरोध गर्दै सार्वजनिक सेवाले नागरिकको सरकारप्रति धारणा निर्माण गर्ने उल्लेख गरे। उनले सेवा प्रवाहका क्रममा सकारात्मक सोच आवश्यक रहेको बताउँदै नकारात्मक सोचले प्रशासनिक कार्यलाई प्रभावित पार्ने बताए।

May be an image of 4 people and text

नागरिकका समस्या समाधान गर्न संवेदनशील भएर कार्य गर्नु आवश्यक रहेको भन्दै उनले दक्ष र जिम्मेवार कर्मचारी प्रशासनको मेरुदण्ड हुने धारणा व्यक्त गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0