पोखरा, ४ फागुन। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।
उद्घाटन समारोहको क्रममा रिमोटबाट दीप प्रज्वलन र बेलुन उडाउने कार्यक्रम हुँदै गर्दा आगोको ज्वाला बेलुनमा टिपेर त्यसको लप्काले दुई जनालाई जलेको थियो। यसै क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।
गृहमन्त्री रमेश लेखकले घाइतेहरूको उपचारको बारेमा जानकारी दिएका छन् र भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति नहोस् भन्ने सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























