पोखरा, ७ फागुन। आज ७५औं प्रजातन्त्र दिवस मनाइँदैछ। देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवसलाई मनाउने तयारी गरिएको छ। विसं. २००७ सालको क्रान्तिको सफलतासँगै १०४ वर्ष लामो निरंकुश राणाशासनको अन्त्य भएको र प्रजातन्त्रको स्थापनाको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

प्रजातन्त्रको आधारमा लोकतन्त्र स्थापनासँगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। राज्यशक्तिको स्रोत मात्र जनता भएको र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनु पर्ने मान्यता आजको दिनको महत्व दर्शाउँछ।

राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेसको सरकार गठनसँगै नेपालमा प्रजातान्त्रिक शासनकालको सुरुवात भएको थियो। यस दिनलाई नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0