पोखरा, ८ फागुन। बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको अवसरमा एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ। कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य र उच्च स्तरीय समन्वय समितिका संयोजक केशव बहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवस सम्पूर्ण नेपालीका लागि विशेष दिन भएको बताए। उनले नेपाली झन्डाको ऐतिहासिक महत्त्व रहेको र यस कार्यक्रमलाई वार्षिक रूपमा मनाउने निर्णय गरिएको पनि जानकारी गराए।

खत्रीले वर्तमानमा रहेको आर्थिक मन्दीको विषम परिस्थितिमा व्यवसायलाई टिकाउनु व्यवसायीहरूको मुख्य चुनौती रहेको उल्लेख गरे। उनले घरधनीहरूलाई भाडा घटाउने र यथास्थितिमा राखेर व्यवसाय बचाउनको लागि आग्रह पनि गरे।

No description available.

कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देलले आजको दिन व्यापारिक एशोसियसनका व्यवसायीहरूको लागि ऐतिहासिक रहेको भन्दै झण्डोत्तलन गरिएको बताए। एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धि बहादुर कुँवरले स्वागत मन्तव्य प्रस्तुत गरे भने महासचिव राजु केसीले कार्यक्रम सन्चालन गरेका थिए।

यस अवसरमा एशोसियसनका कार्यसमिति सदस्य ईन्द्रमाया गुरूङले स्वर्गीय ससुराको स्मृतिमा छात्रवृत्ति कोषका लागि पाँच हजार रुपैयाँ एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्याललाई हस्तान्तरण गरेकी थिइन्। गुरूङले हरेक फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा स्वर्गीय ससुराको स्मृतिमा सहयोग रकम प्रदान गर्दै आएकी छन्। झण्डातोलन कार्यक्रममा बुद्व विशाल बजारका व्यापारिक एशोसियसनका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0