पोखरा, ८ फागुन। जुत्ता व्यवसायी संघ कास्कीले पाचौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ। पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले पहिलो रक्तदाता सस्थाका सल्लाहकार राम प्रसाद अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बरालले संघलाई धन्यवाद दिँदै रक्तदान कार्यक्रम आयोजना गरेकोमा सराहना गरेका थिए। उनले संघलाई आवश्यक सल्लाह र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठले सामाजिक उत्तरदायित्वको तहत यो रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै रगतको महत्त्व र आवश्यकताबारे चर्चा गरे। उनले रगत पैसा तिरेर पनि नपाइने भएकाले रक्तदातालाई धन्यवाद दिए।

No description available.

कार्यक्रमको सभापतित्व गर्दै अध्यक्ष श्रेष्ठले यस्तो पुण्य काममा सहभागी हुने सबैलाई आभार व्यक्त गरे। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष लिलाम्बर सुबेदीले राखेका थिए भने महासचिव मुक्ति प्रसाद पनेरुले कार्यक्रम संचालन गरेका थिए। यस कार्यक्रममा रक्त संचार केन्द्र पोखराको टोलीले विशेष सहयोग प्रदान गरेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0