पोखरा, ९ फागुन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो लोकप्रियता ४ प्रतिशतमा झरेको भन्ने टिप्पणीलाई खण्डन गरेका छन्। उनले युक्रेनी जनतामध्ये ५८ प्रतिशतले आफ्नो नेतृत्वलाई समर्थन गरिरहेको दाबी गर्दै ट्रम्प रुसको दुष्प्रचारबाट प्रभावित भएको आरोप लगाए।

जेलेन्स्कीको यो प्रतिक्रिया ट्रम्पले युक्रेन शान्ति सम्झौताबारे दिएको अभिव्यक्तिपछि आएको हो। ट्रम्पले साउदी अरेबियाको रियादमा अमेरिका र रुसबीच भएको वार्तापछि युक्रेनले पहिले नै सम्झौता गर्न सक्ने अवस्था रहेको बताएका थिए। तर, जेलेन्स्कीले युक्रेनलाई बिना सहभागिता गरिने कुनै पनि शान्ति सम्झौतालाई स्वीकार नगरिने स्पष्ट पारे।

यसैबीच, रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युक्रेन सङ्कट समाधानका लागि नेटो गठबन्धनको विस्तारको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन्। रुसले युक्रेनलाई नेटोमा ल्याउने प्रयासलाई आफ्नो सुरक्षा संकटको रूपमा लिएको छ। यता, नेटोले भने सदस्यता कुनै पनि देशको सार्वभौम अधिकार भएको बताउँदै आएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0