पोखरा, १३ फागुन। थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट अनलाइन ठगीमा संलग्न गराइएका दुई जना नेपालीलाई उद्धार गरी नेपाल फर्काएको छ। उनीहरूलाई टाक इमिग्रेसन अफिस, मेसोट हुँदै थाइल्यान्ड ल्याएर आज स्वदेश फिर्ता गरिएको दूतावासले जनाएको छ।

यसअघि गएको शुक्रबार पनि दूतावासले सोही स्थानबाट पाँच नेपालीको उद्धार गरेको थियो। पछिल्ला वर्षहरूमा म्यानमार, कम्बोडिया, लाओस तथा थाइल्यान्डमा अवैध रूपमा पठाइएका नेपाली युवा जबरजस्ती ठगी कार्यमा संलग्न गराइएका घटनाहरू बढ्दै गएका छन्।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो र धेरै पैसा कमाउने लोभमा जोखिमपूर्ण देशहरूमा नजान सबैलाई सचेत गराएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0