पोखरा, १३ फागुन। ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको छ। वडा नम्बर ५ मा पर्ने न्हुँ पोखरी संरक्षण तथा पुनर्निर्माणका लागि आज बिहान वडा कार्यालयसहित अस्थायी तथा अनधिकृत संरचना हटाइएको हो।

संरचना भत्काउँदा धूलो नउडोस् भनेर महानगर प्रहरीको सहयोगमा पहिले पानी छर्किएको थियो। महानगरका मेयर चिरीबाबु महर्जनका अनुसार पोखरीलाई पुरानै अवस्थामा फर्काउन अवरोध बनेका वडा कार्यालय तथा शटरहरू हटाइएको हो।

ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरी तथा सार्वजनिक संरचनाको संरक्षणका लागि अनधिकृत निर्माण हटाउने नीति लिएको छ। यसअघि पनि विभिन्न स्थानमा सार्वजनिक संरचना अवरुद्ध पार्ने निर्माणहरू हटाइएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0