पोखरा, १५ फागुन। ताप्लेजुङको पाथीभरा मन्दिरमा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारको विवाद चर्किँदै गएपछि सरकार पुनः छलफलमा जुटेको छ। गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका पहाडी सांसदहरूसँग सिंहदरबारमा बैठक गर्दै आवश्यक निर्णय लिने तयारी गरिरहेका छन्।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग संवाद भए पनि आन्दोलनरत ‘नो केबलकार समूह’ लाई छलफलमा समावेश नगरिएको बताइएको छ। सरकारको आग्रहपछि केबलकार निर्माण तत्काल रोकिएको छ भने आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरिएको छ।
पाथीभरा क्षेत्रलाई आदिवासी जनजातिहरूले मुक्कुमलुङ नामले पुकार्दै आएका छन्। धार्मिक तथा सांस्कृतिक संवेदनशीलताको कारण एक वर्षदेखि तनाव जारी रहँदा स्थानीयस्तरमै झडप समेत भइसकेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























