पोखरा, १६ फागुन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नदिने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने स्पष्ट पारेका छन्। टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्मित केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्दै उनले विगतमा करोडौँ खर्च भएका संरचना अलपत्र परेको भन्दै अब आवश्यकताका आधारमा मात्रै बजेट विनियोजन गरिने बताए।
मुख्यमन्त्री शाहले समुदायस्तरबाट अघिल्लो समय माग गरिएका कैयौँ योजनामा बजेट खर्च भए पनि ती सञ्चालनमा नआएको उल्लेख गरे। अब समाज र राष्ट्रलाई वास्तविक रूपमा फाइदा पुग्ने क्षेत्रमा मात्रै लगानी गर्ने नीति प्रदेश सरकारले अवलम्बन गरेको उनको भनाइ छ। साथै, उनले डण्डी स्वामी समाजले शिक्षा, संस्कार र संस्कृतिमा पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























