पोखरा, १६ फागुन। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारले जनताको मत जित्ने काम गर्नुपर्ने बताएका छन्। नेकपा (एमाले) लमजुङद्वारा बेँसीसहरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकाले जनताप्रति उत्तरदायी र संवेदनशील रहनुपर्ने आवश्यकता औँल्याए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सुशासन र पारदर्शिता कायम राख्दै सरकार जनताको हितमा क्रियाशील रहनुपर्ने बताए। जनताले विश्वास गर्ने सरकार निर्माण गर्न प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए। स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउन पारदर्शिता, उत्तरदायित्व र जनताको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उनको भनाइ छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0