पोखरा, १६ फागुन। एनसेलले ग्राहकहरूलाई नयाँ ‘म्याजिक रिसोर्सेस’ बोनस अफर ल्याएको छ। यस अफरअन्तर्गत, ग्राहकहरूले अब कुनै पनि प्याक खरिद गर्दा निःशुल्क रूपमा बोनस रिसोर्स-डाटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्नेछन्।

यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको छ र यसले ग्राहकहरूलाई सधैं अन रिन्यूअल प्याक र अन्य प्रोडक्टहरू खरिद गर्दा बोनस सुविधाहरू उपलब्ध गराउँछ। यस अफरका लागि ग्राहकहरूले एष्ट्रिक्स१२३ह्यास डायल गरी प्याक खरिद गर्नुपर्नेछ।

‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, सधैं अन रिन्यूअल प्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरूमा ग्राहकहरूले ८ जीबी डाटा वा २०० मिनेट अन–नेट टक टाइम बोनसको रूपमा प्राप्त गर्न सक्नेछन्। उदाहरणका लागि, रु. ७९९ को होम एण्ड अवे रिन्यूअल प्याकमा ६५ जीबी डाटा बाहेक ८ जीबी डाटा वा २०० मिनेट अन–नेट टक टाइम बोनस उपलब्ध हुनेछ।

त्यस्तै, रु. २०० को कम्बो प्याकमा ग्राहकहरूले २ जीबी डाटा वा ५० मिनेट अन–नेट टक टाइम बोनस प्राप्त गर्न सक्नेछन्। यस प्रकारका बोनस सुविधाले ग्राहकहरूको मोबाइल अनुभवलाई अझ राम्रो बनाउने एनसेलको भनाइ छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0