पोखरा, १७ फागुन। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा घटाएको छ। निगम संचालक समितिको शुक्रबार बसेको बैठकले यी इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य आज रातिदेखि लागू हुने छ। निगमका अनुसार भारतबाट आएको नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँको गिरावट आएको थियो। त्यसलाई समायोजन गर्दै उपभोक्तालाई राहत दिन मूल्य घटाइएको हो।

पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0