पोखरा, १७ फागुन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा एक कटाक्षपूर्ण सन्देश लेखेका छन्।

शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले आफूलाई हराउने प्रयासमा देशलाई नडुबाउन चेतावनी दिएका छन्। बालेनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिंडेको मान्छे! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला!!”

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज प्रभावित भएको छ। यसका कारण महानगरका कर्मचारीहरूको तलबसमेत रोकिएको छ। मेयर बालेनले लामो समयदेखि सरकारको आलोचना गर्दै आइरहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0