
पोखरा, १७ फागुन। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई जवाफ फर्काएका छन्। बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेपछि पोखरेलले प्रतिक्रिया दिएका हुन्।
पोखरेलले बालेनको आरोपप्रति प्रतिक्रिया जनाउँदै लेखेका छन्, “काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाएका छन्। तर, किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान नमानिरहेको छ भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन।” उनले बालेनलाई कार्यकारी अधिकृतको समस्या समाधानतर्फ ध्यान दिन सुझाव दिएका छन्।
यसअघि बालेनले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै, “भोको पेट मारेर मलाई हराउन खोज्नु भयो भने, देशलाई नडुबाउनु होला!” भन्दै आक्रोश पोखेका थिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1



























