पोखरा, १७ फागुन। उपल्लो मुस्ताङको उच्च लेकमा आज बिहानदेखि हिमपात भएको छ। उच्च हिमाली क्षेत्रहरूमा हिमपात भए पनि बस्ती क्षेत्रमा भने हिउँ परेको छैन।

स्थानीयका अनुसार यो वर्षको पहिलो हिमपात हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो कि, चराङबाट माथि उत्तरी कोरला नाकासम्मका उच्च लेकमा हिमपात भएको हो। उहाँका अनुसार, उच्च लेकमा हिमपात भएसँगै डाँडाकाँडा सेताम्मे भएका छन्।

पौडेलले भने, “हिउँ पर्ने सम्भावना रहेको थियो र बस्तीमाथिको लेकमा हिउँ परे पनि बस्ती क्षेत्रमा आंशिक वर्षा मात्रै भएको छ।”

मुक्तिनाथ क्षेत्रमा पनि सामान्य हिमपात भएको बताइएको छ। यद्यपि तापक्रम बढेपछि हिउँ जमिनमा जम्न नसकेको जानकारी दिइएको छ।

जलवायु परिवर्तनका कारण हिउँको अनियमितता बढेको स्थानियहरूको भनाइ छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0