पोखरा, १९ फागुन। गृह मन्त्रालयले प्रशासन चुस्त राख्ने प्रतिबद्धता जनाइरहँदा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन भएका छन्। खोटाङ, ओखलढुंगा, बाँके र रौतहटमा उपसचिवहरूले कार्यवाहक सीडीओको भूमिका निभाइरहेका छन्।

हाल गृह मन्त्रालयमा २२ जना सहसचिवहरू जिम्मेवारीविहीन अवस्थामा रहेका छन्। उनीहरू विहान कार्यालय पुगेर हाजिर गर्ने र दिनभर गफ गरेर समय बिताउने स्थिति देखिएको छ। गत फागुन १२ गते मन्त्रिपरिषद्ले ७८ जना सहसचिवको सरुवा गरेपछि १७ जना गृह मन्त्रालयमै पुगेका थिए। तर, सरुवा भएको सात दिन बितिसक्दा पनि उनीहरूलाई जिम्मेवारी दिइएको छैन।

सहसचिवको दरबन्दी स्वीकृत भएका विभिन्न जिल्लामा उपसचिवहरूलाई सीडीओ बनाइएको छ। गृह मन्त्रालयले रामेछाप, अर्घाखाँची, प्यूठान, दैलेख, डोटी, बैतडी, डडेल्धुरा, अछाम र जुम्लामा उपसचिवलाई सीडीओको रूपमा पठाएको छ।

गृहसचिव गोकर्णमणि दुवाडीले सीडीओ रिक्त जिल्लामा चाँडै सहसचिव पठाउने तयारी भइरहेको बताएका छन्। साथै, मन्त्रालयले आवश्यकताअनुसार सहसचिवहरूको पदस्थापन गर्ने जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0