पोखरा, २० फागुन। नेकपा (एमाले) मोरङको १०औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवार दर्ता गरिएको छ। अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षले छुट्टाछुट्टै प्यानल बनाएका हुन्। संस्थापन पक्षबाट अध्यक्षका लागि राजकुमार ओझा, उपाध्यक्ष शान्ति लिम्बू भुजेल, सचिव रविन थापा, उपसचिव शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले उम्मेदवारी दर्ता गरेका छन्। अर्कोतर्फ, विनोद ढकालका पक्षबाट अध्यक्षका लागि अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्।

ओझा समूहलाई अध्यक्ष ओलीको समर्थन रहेको र राई समूहलाई पूर्वराष्ट्रपति भण्डारीको साथ रहेको भनिन्छ। निर्वाचनमा ९११ प्रतिनिधिहरू भाग लिने छन्। केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा निर्वाचन कमिटी गठन गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0