पोखरा, ३ चैत्र। पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै पार्टीको भावी रणनीति तय गर्न बैठक आयोजना गरिएको हो।

बैठकमा पार्टीका नीति, विचार, सिद्धान्त, मूल्यमान्यता र आदर्शलाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउने रणनीति तयार गरिने केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए। साथै, राप्रपाले उठाउँदै आएका राजनीतिक मुद्दाहरूलाई स्थापित गर्न जनसमुदायसँग सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति आवश्यक कार्यक्रम ल्याउने विषयमा छलफल गरिने उनले बताए।

पछिल्लो समय राजनीतिक परिवेशमा आएका उतारचढावलाई ध्यानमा राख्दै राप्रपाले आफ्नो भूमिका थप स्पष्ट बनाउने तयारी गरेको छ। पार्टीले राजसंस्थाको पुनर्स्थापनालगायतका मुद्दामा जनताको धारणा बुझ्न विभिन्न कार्यक्रम गर्ने संकेतसमेत दिएको छ।

बैठकले पार्टीका भावी गतिविधि, सांगठनिक सुदृढीकरण तथा राजनीतिक सन्देश प्रवाह गर्ने प्रभावकारी विधि अपनाउने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0