पोखरा, ३ चैत्र। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी चैत १५ गतेसम्मको बैठक तालिका सार्वजनिक गरेको छ। शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले चैत ३, ४, ६, ७, १३, १४ र १५ गते गरी सात दिन बैठक बस्ने निर्णय गरेको हो।
आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरिएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
यस्तै, उनले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि पनि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने जनाइएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























