पोखरा, ४ चैत्र। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधारका लागि बनाएको कार्यदलको प्रतिवेदन हिजो सार्वजनिक गरेको छ। कार्यदलले स्वास्थ्य बिमाको सुधारका लागि १५ बुँदामा सुझाव प्रस्तुत गरेको हो।

गत पुस ९ मा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएपछि हिजो उक्त प्रतिवेदन सार्वजनिक भएको हो। प्रतिवेदनमा सार्वजनिक सेवामा अनिवार्य स्वास्थ्य बिमा लागू गर्ने, नागरिकको सहभागिता बढाउने र तीन तहका स्वास्थ्य कार्यक्रमहरूको दोहोरोपनाको अन्त्य गर्ने प्रस्ताव गरिएको छ।

कार्यदलको सुझाव अनुसार, सामाजिक सुरक्षा कार्यक्रमका सबै बिमाहरूलाई एकीकृत गर्न र बिमाको स्रोत सुनिश्चितता बढाउन नीतिगत सुधारहरू अविलम्ब थाल्नुपर्ने उल्लेख छ। साथै, बिमा सेवाबापतको शोधभर्ना रकम ४५ दिनभित्र भुक्तानी गर्ने र सेवाप्रदायकको नियमन र अनुगमन व्यवस्थित गर्नुपर्ने पनि भनिएको छ।

यसैगरी, सबै नागरिकलाई बिमाको पहुँचमा ल्याउन बिमाको लागि स्रोत सुनिश्चित गर्न, सहभुक्तानी कार्यान्वयन गर्न र स्वास्थ्य उपचारमा आउने अनुदानका कार्यक्रमलाई स्वास्थ्य बिमा ऐनमातहत ल्याउनुपर्ने सुझाव दिइएको छ।

यस्तो रहेको छ प्रतिवेदन 

स्वास्थ्य बिमा सुधारका लागि बनाएको कार्यदलको प्रतिवेदन

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0