पोखरा, ४ चैत्र। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। यी विधेयक संघीय संसद्‌को दुवै सदनबाट पारित भई आएका थिए।

प्रमाणीकरण गरिएका विधेयकमध्ये सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्ने विधेयक, विद्युत व्यापार (इकमर्स) का सम्बन्धमा व्यवस्था गर्ने विधेयक, विधायक सम्बन्धमा व्यवस्था गर्ने विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्ने विधेयक सामेल छन्।

राष्ट्रपति कार्यालयका अनुसार यी सबै विधेयक अब कार्यान्वयनमा आउने छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0