पोखरा, ४ चैत्र। सगरमाथा संवादमा आगामी वर्ष २०८२ को जेठ २ देखि ४ गतेसम्म ३५० भन्दा बढी राष्ट्र प्रमुखलाई निमन्त्रणा गरिने भएको छ। आइतबार सरकारको तर्फबाट सगरमाथा संवादबारे जानकारी दिइएको हो। परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले १५० भन्दा बढी देशका राष्ट्र प्रमुखको सहभागिता अपेक्षित रहेको बताए।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवादलाई हिमालको मुद्दामा नेतृत्वका रुपमा अघि बढाउनका लागि आयोजना गरिएको बताएका छन्। उनले जलवायु परिवर्तनबाट भएको हानी र नोक्सानीको विषयमा आवाज उठाउँदै सगरमाथा संवादलाई प्रभावकारी बनाउन सरकारले पहल गरेको बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0