पोखरा, ७ चैत्र। मतपत्रमा देखिएको सामान्य त्रुटिका कारण स्थगित भएको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत १० गते हुने भएको छ। निर्वाचन समिति संयोजक प्रा.डा. रामचन्द्र पोखरेलले एक विज्ञप्ति जारी गर्दै मतदानको नयाँ मिति सार्वजनिक गरेका हुन्। उनका अनुसार मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म क्याम्पस परिसरमै सञ्चालन हुनेछ।

निर्वाचनको तयारीका लागि सर्वपक्षीय बैठक बसेर चैत १० गतेलाई उपयुक्त मितिका रूपमा तय गरिएको पोखरेलले बताए। साथै, मतदानलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन चैत ७ गते राति १२ बजेदेखि मौन अवधि लागू गरिनेछ।

स्ववियु निर्वाचनको सहज व्यवस्थापनका लागि पहिलेकै जिम्मेवारीमा रहने गरी विभिन्न कार्यक्षेत्रका प्राध्यापक तथा कर्मचारीहरूलाई तोकिएको छ। क्याम्पस प्रशासन र निर्वाचन समितिले सबै पक्षलाई सहयोग गर्न आग्रह गर्दै निर्वाचनको सफल कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेको छ।

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0