पोखरा, ७ चैत्र। म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन्। चोखालले २८८ मत प्राप्त गर्दै अनेरास्ववियुका दिनेश खत्रीलाई ९६ मतको अन्तरले पराजित गरे। खत्रीले १९२ मत ल्याउँदा, अखिल क्रान्तिकारीका सन्दीप खत्रीले १७७ मत प्राप्त गरे।

स्ववियु सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल विजयी भए। उनले २८३ मत प्राप्त गर्दा नेविसंघकी प्रतिभा बानियाँले २२७ र क्रान्तिकारीका कृष्ण सापकोटाले १४४ मत पाए। कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारी निर्वाचित भइन्। उनले २५२ मत ल्याउँदा, नेविसंघकी यशु खत्रीले २३५ र क्रान्तिकारीकी सुप्रेना खत्रीले १६२ मत प्राप्त गरे।

सदस्य पदमा प्रत्यक्षतर्फ नेविसंघका विशाल विक, सम्पूर्ण जिसी, अनुपम श्रेष्ठ, ढकबहादुर भण्डारी विजयी भए। समानुपातिकतर्फ नेविसंघले २ सिट, अनेरास्ववियुले १ सिट, र क्रान्तिकारीले १ सिट प्राप्त गरे। क्याम्पसमा कुल ८२५ मतदाता रहेकोमा ६८६ मत खसेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0