पोखरा, ७ चैत्र। पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
सफलले बिहीबार दर्ता गराएको उजुरीमा पूर्वराष्ट्रपतिहरूले काठमाडौंमा आफ्नै सुविधा सम्पन्न घर हुँदाहुँदै पनि भाडाको घरमा बस्दै राज्यबाट सेवा सुविधा लिएको आरोप लगाइएको छ। उनले आफ्नै घर हुँदा समेत राज्य कोषबाट रकम खर्चिनु भ्रष्टाचार भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधिकारिक धारणा भने आउन बाँकी छ।


Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1































