पोखरा, ८ चैत्र। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलस्थित लक्ष्मी स्टिलले नेपाल विद्युत प्राधिकरणलाई बक्यौता महसुल तिर्न थालेको छ। कुल २३ करोड ७९ लाख रुपैयाँ बक्यौता रहेको उद्योगले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए।
लक्ष्मी स्टिलले २८ किस्तामा रकम तिर्ने समझदारी गरेको छ। त्यस्तै, सुनवलमै सञ्चालित सर्वोत्तम सिमेन्टले पनि बक्यौता महसुल बुझाउने क्रम जारी राखेको छ। ११ करोड ९६ लाख रुपैयाँ बक्यौता रहेको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको छ।
प्राधिकरणका अनुसार, यी उद्योगहरूले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत खपत गरेवापतको बाँकी रकम आगामी महिनाहरूमा किस्ताबन्दीमा बुझाउँदै जाने छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























