पोखरा, ९ चैत्र। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विद्यालयको समग्र सुधारका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। बर्दियाको गेरुवा गाउँपालिका–१ स्थित जनता प्रशिक्षित नर्सिङ्ग आधारभूत विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतामा तीनतारा पाउने सफलतासँगै आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले विद्यालयलाई अगाडि बढाउन शिक्षक, अभिभावक र स्थानीय समुदायले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

विद्यालयले स्वच्छताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेपछि तीनतारा प्राप्त गरेको उल्लेख गर्दै उनले पाएको उपलब्धि जोगाउन निरन्तर प्रयास गर्नुपर्ने बताए। संस्थागत विद्यालयमा कम पारिश्रमिक भए पनि शिक्षकहरूले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनले सामुदायिक विद्यालयका शिक्षकहरूले समयमा जिम्मेवारी पूरा नगर्दा शिक्षाको गुणस्तर प्रभावित भइरहेको धारणा व्यक्त गरे।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले गाउँपालिकाले पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको बताए। त्यस्तै, गुलरिया नगरपालिकामा माध्यमिक तहमा शम्भुशरण माविले तीनतारा प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0