पोखरा, ११ चैत्र। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पिने निर्णय गरेको हो।

सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो। तीन मन्त्रीहरूका अनुसार, कुलमानको कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नभएको भन्दै सरकारले उनलाई हटाउने निर्णय लिएको हो। घिसिङले यसअघि सरकारलाई स्पष्टीकरण दिएका थिए, तर सरकार त्यसबाट सन्तुष्ट नभएको बताइएको छ।

शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए। तर, २०७८ साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई हटाएर पुनः कुलमानलाई नियुक्त गरेको थियो। त्यसपछि शाक्य सर्वोच्च अदालत पुगे पनि चार वर्षसम्म सुनुवाइ नहुँदा उनले न्याय नपाएको गुनासो गरेका थिए। हालै अवकाशमा गएका शाक्यलाई पुनः कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0