पोखरा, १४ चैत्र। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आफ्ना सबै कर्मचारीहरूको सेवा सुविधामा समानता ल्याउने निर्णय गरेको छ।
चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी करार कर्मचारीसँग सम्झौता गर्दै कम्पनीले तलब र अन्य सुविधामा कुनै भेदभाव नरहने प्रतिबद्धता जनाएको हो। अब जिल्लाबाहिरबाट आएका कर्मचारी र दोलखाका कर्मचारीबीच सुविधा समान हुनेछ, जुन फागुनदेखि नै लागू हुनेछ।
यसअघि बाहिरी कर्मचारीलाई ७५ प्रतिशत र दोलखाका कर्मचारीलाई ५० प्रतिशत सुविधा दिइँदै आएको थियो। सहमति भएसँगै जिल्लावासी कर्मचारीको तलब वृद्धि हुने निश्चित भएको छ।
सहमति कार्यान्वयन ढिलाइ भएपछि चैत १० देखि कर्मचारीहरूले आन्दोलन थालेका थिए। अब सहमति भएसँगै उनीहरू काममा फर्किने भएका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























