काठमाडौँ, १५ चैत। काठमाडौंको तीनकुनेमा आज राजावादी प्रदर्शनकारीहरूले एक व्यक्तिको घरका सिसा छियाछिया हुनेगरी फुटाएका छन्। राजसंस्था पुनस्थापनासहितका माग राख्दै प्रदर्शन गरिरहेका राजावादीहरूले ढुंगा प्रहार गरेर उक्त घरका सिसा फुटाएका हुन्।
प्रदर्शनकारीहरूले अहिले पनि उक्त घरमाथि ढुंगा प्रहार गरिरहेका छन्। घर भित्र मानिसहरू रहेका कारण त्यहाँ तनावपूर्ण स्थिति बनेको छ। यसैबीच, छतबाट मानिसहरूले प्रहरीको उपस्थिति नभएको इशारा गर्दै हातले संकेत गरेका छन्।
तीनकुने क्षेत्रमा प्रदर्शनको कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो। यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका छन्।
चाबहिल, भक्तपुर लगायतका क्षेत्रबाट राजावादीहरूले जुलुस निकाल्दा स्थिति तनावपूर्ण बनेको थियो। जुलुस तीनकुने पुग्नासाथ अवस्था थप तनावग्रस्त बन्यो।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































