पोखरा, १५ चैत्र। काठमाडौंका जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज अधिकारीले अब स्थिति नियन्त्रणमा आउने बताएका छन्। उनले जनाएका छन् कि ठूलो संख्यामा प्रहरीको टोलि थप पठाइएको छ र अन्य युनिटबाट समेत थप टोली आएकाले अब स्थिति नियन्त्रणमा आउनेछन्।
राजावादी समूहको प्रदर्शनपछि तीनकुने क्षेत्रमा उत्पन्न तनावलाई नियन्त्रण गर्नका लागि उनी आफैं घटनास्थलमा खटिएका थिए। प्रदर्शनकारीहरूले व्यक्तिको घरमा आगजनी र तोडफोडसमेत गरेका छन्, जसले स्थिति थप तनावपूर्ण बनाएको छ। यसपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























