काठमाडौं, १५ चैत्र। राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आन्दोलन स्थलबाट भागेर आन्दोलन नरोक्न सबैलाई आग्रह गरेका छन्। उनले फेसबुकमा लेख्दै भनेका छन् कि, “मैले भए पनि नभए पनि आन्दोलन रोक्नु हुँदैन।”
प्रसाईंका अनुसार, कार्यक्रम स्थलतर्फ जाँदै गर्दा प्रहरीले लुकेर अश्रुग्यास र लाठी प्रहार गरेको र यसले कार्यक्रम सञ्चालन गर्न असम्भव बनाएको आरोप लगाएका छन्।
उनले थपे, “प्रहरीको दमनका कारण निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ र आन्दोलनकारी तथा प्रहरी दुवै पक्ष घाइते भएका छन्।”
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























