काठमाडौं, १५ चैत्र – राजावादी समूहको प्रदर्शन झन् हिंसात्मक बन्दै गएको छ। शुक्रबार तीनकुनेस्थित एक घरमा आगजनी गरेका प्रदर्शनकारीहरूले कान्तिपुर र अन्नपूर्ण पोस्ट् सञ्चारगृहमा समेत आक्रमण गरेका छन्।

प्रदर्शनकारीहरू बागमती तरेर नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित केन्द्रीय कार्यालयमा पनि ढुंगामुढा गर्न पुगेका छन्।

सुरक्षा अभावका बीच तोडफोड
एकीकृत समाजवादी पार्टीको कार्यालयमा अराजक समूहले ढुंगामुढा गर्दा अधिकांश सिसा फुटेका छन्। उनीहरूले कार्यालयका कागजपत्र बाहिर निकाली जलाउन सुरु गरेका छन्। कार्यालयमै आगजनी गर्न खोज्दा सुरक्षाकर्मीको उपस्थिति कमजोर देखिएको छ।

यसअघि, काठमाडौं प्रशासनले हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न तीनकुनेदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरिसकेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0