काठमाडौं, १५ चैत्र। राजसंस्था पुनर्स्थापनाका लागि संघर्षरत संयुक्त जनआन्दोलन परिचालन समितिले नेपाल आजदेखि संक्रमणकालीन अवस्थामा प्रवेश गरेको दाबी गरेको छ। समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गणतन्त्र कागजमा मात्र सीमित रहेको जिकिर गर्दै समसामयिक परिस्थितिप्रति गम्भीर हुन आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ। गणतन्त्र कागजमा मात्र सीमित रहेको छ। यस अवस्थालाई हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरू समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौँ।’

समितिले पुरानो संसदीय व्यवस्थाको पुनरावृत्ति गरिनुहुँदैन भन्दै सत्ता पक्षले तत्काल राजनीतिक सहमतिको बाटो नअपनाए स्थिति झन् भयावह बन्न सक्ने चेतावनी दिएको छ। समितिले आन्दोलनलाई अझै तीव्र बनाउने संकेतसमेत गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0