काठमाडौं, १५ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेको परिप्रेक्ष्यमा यो बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओलीले शुक्रबार बेलुकी ८ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको एक मन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस बैठकको उद्देश्य वर्तमान राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिक निर्णयहरू गर्नका लागि रहेको बुझिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0