काठमाडौं, १५ चैत्र। सरकारले कोटेश्वर, बानेश्वर, सिनामंगल र गौशाला लगायतका क्षेत्रहरूमा कर्फ्यु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हवाई यात्रुहरूको सहजीकरण गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हवाई टिकट र परिचयपत्रको आधारमा यात्रुहरूलाई सुरक्षा निकायले सहजीकरण गर्ने जनाएको हो। कर्फ्युका कारण विमानस्थल पुग्न कठिनाइमा परेका यात्रुहरूलाई अब सुरक्षा व्यवस्था र सहजीकरण प्रदान गरिनेछ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























