काठमाडौं, १५ चैत्र। राजतन्त्र समर्थकहरूले शुक्रबार आयोजना गरेको प्रदर्शन हिंसात्मक रूप लिएको छ। प्रदर्शनकारीहरूले व्यक्तिहरूको निजी सम्पत्ति, सञ्चारमाध्यमका कार्यालय तथा राजनीतिक दलका कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र हवाइ फायर समेत गरेको छ। प्रदर्शनको स्थिति उग्र बनेपछि, काठमाडौं जिल्ला प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ। कर्फ्यु आदेशसँगै नेपाली सेना पनि सडकमा परिचालन गरिएको छ।
त्यस्तै, बालकुमारी क्षेत्रमा प्रदर्शनकारीहरूले भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका छन्। ललितपुर क्षेत्रमा पनि सेना परिचालन गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























