Screenshot

काठमाडौं, १५ चैत्र। राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजतन्त्र समर्थक समूहलाई आफ्नो प्रदर्शनलाई शान्तिपूर्ण बनाउने अपील गरेको छ। आयोगले शुक्रबार समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न दल र संगठनका प्रदर्शनको अनुगमन गरेको थियो।

आयोगका अनुसार, तीनकुनेमा भएको राजतन्त्र समर्थकको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँ बानेश्वरतर्फ प्रवेश गर्ने प्रयास गर्दा झडप भएको र प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको उल्लेख गरिएको छ। साथै, प्रदर्शनकारीहरूले व्यक्तिका घर, सञ्चारमाध्यमका भवन र कलेजका भवनमा आगजनी गरेका थिए।

घटनामा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन्। प्रदर्शनकारीहरूले दमकल र सशस्त्र प्रहरीको गाडीमा ढुंगा प्रहार गरेका थिए। आयोगको अनुगमन टोलीमाथि पनि कोटेश्वरमा सांघातिक आक्रमण भएको जानकारी प्राप्त भएको छ।

मानव अधिकार आयोगले सरकारलाई हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको कारबाही गर्न र आगामी प्रदर्शनहरू शान्तिपूर्ण बनाउने विषयमा आन्दोलनरत पक्षलाई चेतावनी दिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0