पोखरा, २३ चैत्र। उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीश रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेशलाई सदर गर्दै छविलाल जोशीलाई थुनामा पठाउने निर्णय गरेको हो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश दिएको थियो, जसको अपिललाई उच्च अदालतले खारेज गर्दै उक्त आदेशलाई सदर गरेको हो। यस मुद्दामा जोशीमाथि ठगी र संगठित अपराधका आरोप लगाइएको छ, जसको अनुसन्धान अहिले पनि जारी रहेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























