पोखरा, २३ चैत्र। काठमाडौं उपत्यकामा चार दिनदेखि वायु प्रदूषणको स्तर अत्यधिक वृद्धि भएको छ, जसका कारण राजधानी विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा सूचीकृत भएको छ। बिहीबार बिहान वायु प्रदूषण सूचकांक (AQI) ३७३ पुग्दा नागरिकमा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ। प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरणविज्ञ र चिकित्सकहरूले जनतालाई घरबाट बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक अन्य कुनै बाहिरी गतिविधिमा संलग्न नहुन सल्लाह दिएका छन्।

वायु प्रदूषणको मुख्य कारण भनेको हालसालैका जंगलको डढेलो र अति सुक्खा मौसमको प्रभाव रहेको बताइएको छ। प्रत्येक दिन तीन सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको र हावाले यसका धुवाँलाई उपत्यकामा फैलाएको छ। यसका अतिरिक्त, उद्योग, कलकारखाना, सवारी साधनबाट निस्कने धुँवा, निर्माण कार्य र खुलेआम फोहोर जलाउने कार्यले पनि वायु प्रदूषणमा थप योगदान पुर्याएको छ।

वातावरणविद् र चिकित्सकहरूले भनेका छन् कि प्रदूषणको स्तर बढेसँगै श्वासप्रश्वासका समस्याहरू पनि निकै बढी भएका छन्। चिकित्सकहरूले अस्पतालमा वायु प्रदूषणबाट पीडित बिरामीहरूको संख्या बढेको बताएका छन्। दीर्घरोगीहरूको अवस्था गम्भीर हुँदै गइरहेको छ, र धेरैलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ। प्रदूषणको असर केवल शारीरिक स्वास्थ्यमा मात्रै नभई मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्ने चेतावनी दिइएको छ।

सरकारले प्रदूषण न्यूनीकरणको लागि कुनै प्रभावकारी कदम नचालेको आरोप समेत उठाइएको छ। वातावरणविज्ञहरूको अनुसार, सरकारले दीर्घकालीन र तत्कालीन योजनाहरू तयार गर्नुपर्ने आवश्यकता छ, तर यसमा कुनै ठोस पहल भएको छैन। प्रदूषणको सँगै वायु प्रदूषण नियन्त्रण गर्नका लागि सरकारलाई तत्काल ‘जोर-बिजोर’ यातायात प्रणाली लागू गर्न र सार्वजनिक बिदा दिनुपर्ने सुझाव दिइएको छ।

वातावरण प्रदूषणले जनस्वास्थ्यमा गहिरो असर पुर्याइरहेका बेला, नेपाल सरकारको मूकदर्शक रहनु अत्यन्त खतरनाक साबित भइरहेको छ। सरकारले जलवायु परिवर्तन र प्रदूषण नियन्त्रणको लागि दीर्घकालीन योजना बनाउनुपर्छ र यो योजनालाई प्रभावकारी बनाउन जनचेतना र सशक्त अनुगमन पनि आवश्यक छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0