पोखरा, १० वैशाख। शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सारिएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्रारम्भिक मिति वैशाख ११ लाई परिमार्जन गर्दै अब परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने निर्णय गरेको हो। बोर्डका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार परीक्षा सारिएको हो।

यसअघि मंगलबार बिहान बसेको बोर्ड बैठकले तोकिएको मिति वैशाख ११ मै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर अवस्था जटिल र असहज बन्दै गएको मूल्यांकनपछि उक्त निर्णय पुनर्विचार गरिएको हो। परीक्षा सञ्चालनका लागि आवश्यक शैक्षिक तथा प्रशासनिक तयारी अपूरा रहँदा तथा शिक्षक आन्दोलनको असर विद्यार्थीमाथि नपरोस् भन्ने उद्देश्यले परीक्षा सारिएको बोर्डले जनाएको छ।

बोर्डले अबको तयारीलाई थप व्यवस्थित बनाउँदै परीक्षा शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सम्पूर्ण सरोकारवालालाई सहयोग गर्न आह्वान गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0