पोखरा, १३ वैशाख। आम जनता पार्टी (आजपा) की नेतृ रञ्जु साहले नेकपा (एमाले) को सडक प्रदर्शनलाई सत्ताको उन्माद र तमासा भनेर टिप्पणी गरेकी छन्। कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँगको भेटघाटमा उनले भनिन्, “सरकार जनताको समस्यामा बेखबर छ, भने एमाले सडक प्रदर्शन गर्दै सत्ताको उन्माद देखाइरहेको छ।”
साहले प्रश्न गर्दै भनिन्, “सडक र सत्तामा बसेको एमालेको प्रदर्शन कसका बिरुद्धमा हो?” उनले सरकारका असफलताबारे आलोचना गर्दै सडकमा प्रदर्शन गर्ने एमालेको कदमलाई लोकतन्त्रको चिरण भएको दाबी गरिन्।
साथै, उनले काठमाडौंमा सरकारको युवा सेलिब्रेसनको नाटकको आलोचना गर्दै युवा बिना त्यसको कुनै अर्थ नरहेको भनिन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























