पोखरा, १३ वैशाख। ‘२०७२ को भूकम्पपश्चात् पुनर्निर्माणको एक दशकको पुनरावलोकन’ तथा अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको तेस्रो वार्षिक बैठक सम्पन्न भएको छ। भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै सम्पदा संरक्षणको महत्वमाथि प्रकाश पारे।

मन्त्री पाण्डेले काठमाडौं उपत्यकाका सम्पदाहरू केवल ईंटा-पर्खाल नभई नेपाली सभ्यताको आधार भएको स्पष्ट पारे। उनले भूकम्पले ध्वस्त पारेका सम्पदाहरूलाई मौलिक शैलीमा पुनर्निर्माण गर्नु गौरवको विषय भएको बताए। उनले सम्पदाको पुनर्निर्माणमा प्रयोग गरिएको परम्परागत सीप र ज्ञानको प्रशंसा गर्दै, यस्ता सम्पदाहरूले नेपालको ऐतिहासिक गाथा उजागर गर्ने धारणा राखे।

सम्पदाप्रति नयाँ पुस्तामा आस्था र मोह जगाउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै मन्त्रीले सम्पदाको महत्त्वको ज्ञान हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले सम्पदालाई केवल स्थानीय धरोहरको रूपमा सीमित नराखी, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सरोकारवाला सबै पक्षलाई सक्रिय भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले भूकम्पीय जोखिम न्यूनीकरणका उपायसहित नयाँ पूर्वाधार निर्माण आजको आवश्यकता भएको बताए। उनले आधुनिक प्रविधिसँगै परम्परागत शैलीको संयोजनमार्फत दिगो पूर्वाधार निर्माणमा जोड दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0