पोखरा, १३ वैशाख। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र गरिएको छ। व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र कार्य भइरहेको हो। चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ भने बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो। दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुने बताइएको छ।

पूर्वी खण्डअन्तर्गत अन्य स्थानमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्र कार्य रोकिएको थियो। अहिले मात्र चार किलोमिटर कालोपत्र गर्न बाँकी छ। पूर्वी खण्डमा कुल ८२.९५ प्रतिशत काम सम्पन्न भएको छ, जसमा ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0