पोखरा, १४ वैशाख। देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले मौसममा परिवर्तन देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहनेछ।

मधेश प्रदेश र पहाडी भेगका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, देशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि रहेको छ। रातिको समयमा समेत कोशी प्रदेशलगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ।

गण्डकी प्रदेशका पहाडी भाग, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा र चट्याङसहित मेघगर्जन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0