पोखरा, १५ वैशाख। गण्डकी कोटिहोममा जारी ४१ दिने महायज्ञको अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले धर्म र सामाजिक समरसताबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्। उनले कोटिहोममा आयोजित कार्यक्रममा धर्मले कसैलाई विभाजन नगर्ने र सबै दानीप्रति उच्च सम्मान रहने स्पष्ट पारे। बरालले भने, “धर्मले विवाद गराउँदैन, कसैलाई राम्रो या नराम्रो भन्दैन। यहाँ आउने सबै दानीको समान रूपमा सम्मान हुन्छ।” उनले धार्मिक र सामाजिक सद्भावका लागि राज्य तहबाट आवश्यक सहयोग पुर्‍याइने प्रतिबद्धता पनि व्यक्त गरे।

वैशाख ३ गतेबाट सुरु भएको महायज्ञमा देश–विदेशबाट हजारौं भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ। महायज्ञमा भजन, सत्सङ्ग, पूजापाठ, कथा प्रवचन र सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। सुश्री अनुराधा पाण्डेय, देवी प्रतिभा, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायतका धर्मगुरुहरूले आफ्नो ज्ञान र अनुभव सँगालेर कथा प्रवचन गरिरहेका छन्।

आयोजक संस्थाले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी युवाहरूमाझ सांस्कृतिक चेतना फैलाउने प्रयास गरेको छ। बरालको सकारात्मक भनाइ र गण्डकी कोटिहोमको धार्मिक जागरण अभियानले समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र सांस्कृतिक संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0