पोखरा, १७ वैशाख। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगर क्षेत्रभित्रका विद्यालयहरूलाई अनुरोध गरेको छ। महानगरले सूचना जारी गर्दै संस्थागत विद्यालयहरूले छात्रवृत्ति वितरण गर्दा सामाजिक समावेशीताको मर्मअनुसार जेहनदार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका बालबालिकालाई प्राथमिकता दिनुपर्ने स्पष्ट पारेको छ।

शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयलाई मान्य मानेर मात्रै छात्रवृत्ति वितरण गर्न सकिने व्यवस्था गरिएको छ। विद्यालयहरूले कुल भर्ना भएका विद्यार्थी सङ्ख्याको कम्तिमा दश प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान रहेको भन्दै महानगरले यही जेठको पहिलो साताभित्र वितरण प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएको छ।

छात्रवृत्तिको पारदर्शिता र न्यायिक वितरण सुनिश्चित गर्न विद्यालयले सार्वजनिक सूचना प्रकाशन गरी योग्य विद्यार्थीहरूको आवेदन संकलन गरी छनोट प्रक्रिया अघि बढाउनुपर्नेछ। यस पहलमार्फत शिक्षामा पहुँचबाट वञ्चित समुदायका बालबालिकाहरूको अवसर वृद्धि हुने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0