पोखरा, २९ वैशाख। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवाका सवाल समेट्न नसक्ने नेतृत्वले मुलुकमा विकास र समृद्धि दिन नसक्ने दाबी गरेका छन्। हेटौँडामा सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवा शक्तिलाई नीति निर्माण र नेतृत्व तहमा स्थान नदिई मुलुकले समृद्धिको गति लिन नसक्ने तर्क राखे।

उनले युवा सहभागिताविना न राज्यको सुशासन सम्भव हुने बताए, न त दिगो विकासको सम्भावना देखिन्छ। युवाहरूलाई रोजगारी र उत्पादनमा जोड्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारले आगामी बजेट र कार्यक्रममा युवाको सशक्तीकरण र सहभागितालाई प्राथमिकता दिने बताए।

युवाहरूको बिदेसिने प्रवृत्ति डरलाग्दो बन्दै गएको भन्दै मुख्यमन्त्री लामाले राम्रो शिक्षाको नाममा गरिने पलायनको मूल कारण रोजगारीको ग्यारेन्टी रहेको उल्लेख गरे। उनी आइटी, कृषि, सिप विकास र ब्याज अनुदानजस्ता कार्यक्रमहरूमार्फत युवालाई स्वदेशमै अवसर दिन सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले युवाको परिभाषा उमेर होइन, सक्रियता र गतिशीलताका आधारमा निर्धारण गर्नुपर्ने बताए। युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवालाई सिप र खेलकुदसँग जोडेर दिगो समाधान खोज्नुपर्ने धारणा राखे।

सरकार युवाको मर्म र आवश्यकता अनुसार बजेट निर्माणमा जुटेको भन्दै उनीहरूले प्रदेशस्तरमा युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0